Continuation of Relief Materials Distribution....

News Source: www.narayanionline.com

 

भूकम्प पीडित रुपीमायालाई वर्षाको समय कटाउनमै चिन्ता

सन्दिप भट्ट,
चितवन, जेठ ९,

चितवनको चण्डीभञ्जाङ–५ की रुपीमायाको घर गत बैशाख १२ गतेको भूकम्पले भत्काईदियो । घर भत्केपछि रुपीमाया र उनको परिवारको बास गोठमा छ । भान्साकोठा चर्किएकाले कहिलेकाही भने उनी भान्साकोठामै गएर खाना बनाउन जोसीन्छिन्, तर स्थानीयले सम्झाएपछि गोठमा ढुङगा गाढेर बनाएको ओदानमा खाना बसाल्छीन् । उमेर ७० वर्ष पुगीसकेकी रुपीमायाको जेठो छोरो कुरिनटारमा बुहारीसंगै बस्ने भएकाले सबै जिम्मेवारी उनकै काधमा छ । विहान बेलुकीको दैनिकी उनको राहतको पर्खाईमा बाटो हेर्दैमा बित्छ । उनको घर पूर्ण रुपमा क्षति भएपनि उनले अहिलेसम्म विस्कुट र चाउचाउ बाहेक अरु केही पाएकी छैनन् । उनलाई बिस्कुट र चाउचाउ भन्दापनि त्रिपालको खाचो छ ।  भूकम्पले चण्डीभञ्जाङ गाविशमा मात्रै १ सय ३७ घर पूर्ण रुपमा क्षति भएका छन् भने ९९ घरमा आंशिक क्षति भएको छ । रुपीमायायालाई यो बर्खा कसरी कटाउने भन्ने चिन्ताले सताउछ ।  “यस्तो बेलामा यसरी भूकम्प आयो, बुढेशकालमा नपाउने दुःख पाए” मलिनो अनुहारमा रुपीमायाले भनिन्– “यो बर्खा कसरी कसरी कटाउने भन्ने चिन्ताले दिनरात पोल्ने गर्छ ।”

सो क्षेत्रमा राहतका लागी धेरै गएपनि रुपीमायालाई कसैले पनि त्रिपाल दिएनन् । जसोतसो गुजारा चलाउदै आएकी रुपीमाको मुहामा शुक्रबार छुट्टै खुशी थियो । कारण शुक्रबार उनले दुईवटा त्रिपाल पाईन् । ३ घण्टा हिडेर त्रिपाल लिन जलविरेमा आएकी रुपीमायालाई त्रिपाल र कम्मल उपलब्ध गराएको हो, दियालो परिवार नारायणगढले । सो क्षेत्रमा रहेका पीडितका लागी हेफर इन्टरनेशनलको सहयोगमा दियालो परिवार नाराणगढले परियोजना कार्यान्वयन तथा अनुगमन समिति चण्डीभञ्जाङ मार्फत राहत सामाग्री वितरण गर्यो ।

अन्य राहत कार्यक्रमभन्दा व्यवस्थित तवरवाट राहत वितरण गरिएको थियो । भूकम्पले पूर्ण क्षति पुगेकाहरुकालाई रातो कार्ड तथा आंशिक क्षति भएकाहरुलाई पहेंलो कार्डको मार्फतबाट राहत सामाग्री वितरण गरिएको हो । पूर्ण रुपमा क्षति भएकाहरुलाई त्रिपाल र दुई वटा कम्मल वितरण गरिएको र आंशिक क्षति भएकाहरुलाई दुईवटा कम्मलमात्रै वितरण गरिएको दियालो परिवार नारायणगढका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए ।

 


 

Donors & Partners